९ भदौ,काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।
पार्टीको स्थायी कमिटी बैठकका निर्णयहरूबारे जानकारी गराउन तथा अन्य समसामयिक राजनीतिक विषयमा स्पष्ट पार्न ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन्।
मंगलबार बसेको स्थायी कमिटी बैठकले दसबुँदे सहमति कार्यान्वयनको निर्णय सहित केन्द्रदेखि स्थानीय तहसम्म र जनसंगठनका सबै कमिटीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको थियो ।
आजै दिउँसो माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगले दल दर्ताका लागि सनाखत गर्न समय छुट्याएको छ। त्यसअघि अध्यक्ष ओलीले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राख्न लागेका हुन्।