Top News राजनीति

नेकपा माओवादी केन्द्रद्वारा नेताहरुको जिम्मेवारी विभाजन

९ भदौ,काठमाडौं । नेकपा माओवादी केन्द्रले ३३ वटा केन्द्रीय विभाग गठन गरेको छ ।

केन्द्रीय समिति बैठकबाट माओवादी केन्द्रले पार्टीको केन्द्रीय विभाग गठन गरेको हो । जसअनुसार स्कुल विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष प्रचण्ड आफैले राखेका छन् भने जनार्दन शर्माले संगठन विभाग प्रमुखको रुपमा महत्वपूर्ण जिम्मेवारी पाएका छन्। पार्टी प्रवक्ताको रुपमा पूर्व सभामुख कृष्णबहादुर महराले जिम्मेवारी पाएका छन्।

यस्तै सहरी विकास प्रमुखमा देवेन्द्र पौडेल, वन तथा वातावरण प्रमुखमा शक्ति बस्नेत, नीति अनुसन्धान प्रमुखमा रामचन्द्र झा, निर्वाचन विभागमा खिमलाल देवकोटा, अर्थ विभागमा वर्षमान पुन प्रमुख रहेका छन् ।

त्यस्तै प्रदेश १ को इञ्चार्ज सुरेन्द्र कार्की (राम कार्की), प्रदेश २ को इञ्चार्ज गणेश शाह, बागमती प्रदेशको इञ्चार्ज हितमान शाक्य, गण्डकी प्रदेशको इञ्चार्ज हितराज पाण्डे, लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल, कर्णाली प्रदेश इञ्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी खगराज भट्टलाई दिइएको छ ।

Leave a Reply

Your email address will not be published.