Top News राजनीति

पौडेल पक्षका नेताहरु चाक्सीबारीमा बैठक बस्दै

९ भदौ,काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् । पौडेलले बोलाएको बैठक पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा सुरु भएको छ ।

क्रियाशील सदस्यता छानबिनका विषयमा देखिएका समस्या र जिल्ला सभापतिहरुले सुरु गरेको धर्नाका विषयमा धारणा बनाउन छलफल केन्द्रित हुने सहभागी एक नेताले बताए ।

कांग्रेसमा क्रियाशील विवाद पेचिलो बन्दै गएको छ । क्रियाशील सदस्यता छानबिन समितले प्रतिवेदन बुझाएपनि क्रियाशील सूची अझै सार्वजनिक गरिएको छैन् । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै संस्थापनइतरका जिल्ला सभापतिहरुले पार्टी मुख्यालयमा मंगलबारबाट धर्ना सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *