स्थानिय खबर

म्याग्दे गाउँपालिकाको सेवा तीन दिन बन्द

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले तीन दिन सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका केही कर्मचारीमा कोरोना संत्तःम्ण्ँ देखिएपछि आजदेखि शुक्रबारसम्म सेवा बन्द गर्ने निर्णय भएको हो ।

संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्न र कोरोनाको जोखिम कम गर्न गाउँपालिकाको कार्यालय र सात वटै वडा कार्यालय यही कात्तिक १४ गतेसम्म बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

सो अवधिमा अत्यावश्यक सेवाबाहेक सबै सेवा पूर्ण रुपमा बन्द रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *