९ भदौ,काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर माधव नेपालपक्षले निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताको लागि निवेदन दिएको थियो।
प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टी गठनको आज छिनोफानो हुँदैछ । एमालेबाट फुटेर बनेको यस पार्टीलाई प्रमाण पुगेको खण्डमा निर्वाचन आयोगले आजै प्रमाणपत्र दिनेछ ।
पार्टी दर्ताका लागि निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका नेताहरुलाई सनाखतका लागि बुधबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको लागि समय दिएको थियो। उक्त समयमा एकीकृत समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोग पुगेका थिए।
पछिल्लो समय निस्क्रिय अवस्थामा रहेका नेता प्रदीप नेपाल पनि नयाँ पार्टीलाई समर्थन गर्न निर्वाचन आयोग पुगेका छन् ।