९ भदौ,काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरीले चार महिनाभित्र नेकपा (एकीकृत समाजवादी) मुलुककै ठूलो दल बन्ने दाबी गरेका छन् ।
पत्रकारहरुसँग कुरा गर्दै उनले भने,“प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता हुन्छ,त्यसपछि हामी मुलुककै ठूलो पार्टी बन्छौँ।”
अपेक्षा गरेको भन्दा धेरै सांसदको सनाखत भएको उनले बताए ।