Top News स्वास्थ्य

थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि,४४ जनाको मृत्यु

९ भदौ,काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१५ हजार २९० नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणका कारण थप ४४ जनाको मृत्यु भएको छ। देशभर हालसम्म संक्रमणका कारण १० हजार ६१२ जनाको मृत्यु भइसकेको छ।

यस्तै १ हजार ७८१ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार २८७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *