Top News खेलकुद

विश्वकप लिग–२ अन्तर्गत नेपालको पहिलो खेल अमेरिकासँग

९ भदौ,काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा आगामी सेप्टेम्बरमा हुने त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नपालले अमेरिकासँग खेल्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल भदौ २८ मा अमेरिकासँग खेल्ने छ । यस्तै, दोस्रो खेल भदौ २९ मा ओमानसँग खेल्नेछ ।तेस्रो खेल अमेरिकासँग असोज १ मा खेल्ने नेपालले अन्तिम खेलमा असोज ३ गते ओमानसँग भिड्दैछ ।

सिरिज अघि नेपालले तयारी स्वरुप पपुवा न्युगिनी (पीएनजी) सँग दुई वटा ओडीआई म्याच खेल्ने छ ।

नेपालले पहिलो खेल भदौ २० मा खेल्नेछ । दोस्रो एकदिवसीय भदौ २३मा हुने छ । नेपाली टोली मंगलबार ओमान पुगिसकेको छ । नेपालले गत वर्ष माघमा ओमान र अमेरिकासँग खेल्दै विश्वकप लिग– २ मा डेब्यू गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *