१० भदौ,काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बिहीबार दिउँसो १२ बजे तुलसीलाल स्मृति भवनमा बैठक बस्ने एक नेताले जानकारी दिए ।
बैठक महाधिवेशन केन्द्रीत हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार १० बुँदेको मोडालिटीबारे पनि बैठकमा छलफल हुनेछ । स्थायी कमिटी बैठकले गरेका निर्णयहरू अनुमोदन हुने तामाङले बताए ।
पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यको कारबाही प्रक्रिया अगाडि बढाउने तामाङले बताए ।