१० भदौ,काठमाडौं। नेपाली क्रिकेटर सन्दीप लामिछानेले आगामी सिजनको अस्ट्रेलियन फ्रेन्चाइज टी–२० लिग (बिग ब्यास) पनि होवर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।
होवर्टले बिहीबार नयाँ सिजनका लागि लेग स्पिनर सन्दीपसँग सम्झौता नवीकरण गरिएको जनाएको हो ।
लिगको ११औँ संस्करणमा होवर्टका लागि पहिलो विदेशी खेलाडीका रुपमा अनुबन्ध भएका सन्दीपले अघिल्लो सिजन क्बलका लागि ८ खेलमा ८ विकेट लिएका थिए ।
होवर्ट आउनुअघिका दुई सिजन मेलवर्न स्टार्सका लागि खेलेका सन्दीपले क्लबका लागि २१ खेलमा २६ विकेट लिएका थिए ।
बिग बासको ११ औँ संस्करण आगामी डिसेम्बर २२ देखि जनवरी २८ सम्म सञ्चालन हुनेछ । होवर्टले डिसेम्बर ८ मा सिड्नी सिक्सरसँगको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।