Top News राजनीति

शेरधन राईद्दारा मुख्यमन्त्री पदबाट राजीनामा

१० भदौ,काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन्।

उनको राजीनामा स्वीकृति भइसकेको बताइएको छ । अब नयाँ मुख्यमन्त्री नियुक्तिको तयारी गरिएको छ ।

एमाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मतबाट चयन भैसकेका छन्। २६ सांसदले आचार्यको पक्षमा हस्ताक्षर गरेका छन् । यहाँ एमालेका ५१ सांसद छन् । आचार्यले आजै मुख्यमन्त्रीको शपथग्रहण गर्ने तयारी छ।

यसअघि प्रदेश सरकार स्थापनाका क्रममा शेरधन राईसँगै मुख्यमन्त्रीका लागि प्रतिस्पर्धा गरेका आचार्य २ मतले पराजित भएका थिए।

Leave a Reply

Your email address will not be published.