Top News राजनीति

एमाले केन्द्रीय कमिटी बैठक सुरु

१० भदौ,काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा सुरु भएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए अनुसार १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता बितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे निर्णय गर्ने एजेण्डामा छलफल हुनेछ ।

त्यस्तै तेस्रो एजेण्डाका रुपमा पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारवाही प्रक्रिया अघि बढाउने रहेको छ ।

Leave a Reply

Your email address will not be published.