Top News खेलकुद

च्याम्पियन्स लिगको ‘ड्र’ आज राती हुँदै

१० भदौ,काठमाडौँ । यस सिजनको युइएफए च्याम्पियन्स लिगको समूह विभाजन र खेल तालिका आज (बिहीबार) सार्वजनिक हुदैँछ ।

नेपाली समयअनुसार च्याम्पियन्स लिग ड्र आज राती ९ः४५ बाट टर्कीको इस्तानबुलमा शुरु हुनेछ ।

सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा चार टोली रहनेछन् । शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् । एकै समूहमा एकै राष्ट्रका दुई क्लबलाई राखिनेछैन ।

पोट १ – चेल्सी, भिल्लारियल, एट्लेटिको म्याड्रिड, युभेन्ट्स, म्यानचेस्टर सिटी, बायर्न म्युनिख, इन्टर मिलान, लिल र स्पोर्टिङ सिपी

पोट २ – रियल म्याड्रिड, बार्सिलोना, युभेन्ट्स, म्यानचेस्टर युनाइटेड, पेरिस सेन्ट जर्मेन ९पीएसजी०, लिभरपुल, सेभिया र बोरुसिया डर्टमुन्ड

पोट ३ – पोर्टो, आयाक्स, साख्तर डोनेस्क, आरबी लाइप्जिग, आरबी साल्जवर्ग, बेन्फिका, एटलान्टा र जेनिथ सेन्ट पिटर्सवर्ग

पोट ४ – बेसिक्टार, डाइनामो किएभ, क्लब ब्रुग, योङ ब्वाइज, एसी मिलान, माल्मो, वल्फ्सवर्ग र सेरिफ टिरासपोल

च्याम्पियन्स लिग समुह चरणको आरम्भ भने सेप्टेम्बर १४-१५ बाट हुनेछ ।

Leave a Reply

Your email address will not be published.