स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले अब दैनिक प्रेस ब्रिफिङ नगर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक प्रेस ब्रिफिङ नगर्ने भएको छ । मन्त्रालयका प्रवक्त्ता डा.जागेश्वर गौतमका अनुसार अब साताको दुई दिनमात्रै प्रेस ब्रिफ्रिङ गरिनेछ ।

उनका अनुसार साताको आइतबार र बुधबार मात्रै प्रत्यक्ष प्रशारणमार्फत प्रेस ब्रिफिङ हुनेछ । बाँकी दैनिक कोरोना अपडेट भने मन्त्रालयको फेसबुक, भाइबर तथा वेभसाइटमा उपलब्ध हुने उनले जानकारी दिए ।

मन्त्रालयले हरेक दिन कोरोना अपडेटमार्फत दैनिक संक्रमित स‍ंख्या, आइसोलेसनमा बस्नेको संख्या तथा सक्रिय स‍ंक्रमितको संख्याबारे जानकारी दिँदै आएको थियो ।

केही समयदेखि मृत्यु हुनेको संख्या भने प्रत्यक्ष प्रशारणमार्फत भन्न छोडिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *