Top News अर्थ

बिहिवार १८ अंकले बढ्यो नेप्से

१० भदौ,काठमाडौँ । शेयर बजार नेप्से परिसूचक बिहीवार उकालो लागेको छ । आज नेप्से १७.५७ अङ्कले उकालो लागेर ३०९४.०१ विन्दुमा कायम भएको छ ।

आज दुई करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर खरिद–बिक्री हुँदा १३ अबत्र्र ४२ करोड १९ लाख ७२ हजारको कारोबार भएको छ ।

आज जलविद्युत् समूहको शेयर एक सय ६९ अङ्कले, विकास बैंकको शेयर दुई सय ४१ अङ्कले, फाइनान्सको एक सय २०, माइक्रोफाइनान्सको ३७ र होटल समूहको शेयर साढे ११ अङ्कले उकालो लागेको छ ।

बैंक, व्यापार, बीमा, अन्य र लगानी समूहको शेयर भने ओरालो लागेको छ । आज कर्पोरेट र नारायणी विकास बैंक, श्री इन्भेस्टमेन्ट फाइनान्स, अरुण भ्याली हाइड्रो, आँखुखोला जलविद्युत्, घलेम्दी हाइड्रो, खानीखोला हाइड्रो, जीवन विकास लघुवित्त र गुहेश्वरी मर्चेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

Leave a Reply

Your email address will not be published.