Top News स्वास्थ्य

थप २४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि, २६ जनाको मृत्यु

१० भदौ,काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभरि २ हजार ४ सय ३३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय २ जनाको पिसिआर र ४ हजार ६ सय ७२ गरी १४ हजार ३ सय ७४ जनाको परीक्षण गर्दा २ हजार ४ सय ३३ जना संक्रमित भेटिएका हुन्।

त्यस्तै, आज थप २६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ६३८ पुगेको छ ।

त्यसैगरी, आज थप एक हजार ९२९ जना कोरोना संक्रमित निको भएका छन् ।

हाल देशभरि ३८ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *