११ भदौ,काठमाडौँ । बबई नदीमा आएको बाढीले बगाउँदा शुक्रबार एक जनाको मृत्यु भएको छ ।
दंगीशरण गाउँपालिका–१ बाँकीका ५० वर्षीय वामदेव देवकोटाले बाढीले बगाएको हो ।
मलामी गएका बेला नदीमा नुहाउने क्रममा देवकोटालाई बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।