११ भदौ,काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिक भएका बम विस्फोटमा परी मृत्यु हुनेको संख्या १०३ पुगेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हमलामा ९० जना अफगानी नागरिक र १३ जना अमेरिकी सेनाको मृत्यु पुष्टि भएको हो। घटनामा १ हजार ३३८ जना घाइते भएका छन्।
बिहीबार यहाँका आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट गराएका थिए ।
काबुल तालिबानीहरुले कब्जामा लिएपछि आफ्नो देश फर्किनका लागि विमानस्थलमा जम्मा भएका हजारौँको भीडलाई लक्षित गरेर उनीहरुले विस्फोट गराएका थिए ।