Top News पालिका खबर सम–सामयिक

४४ किलो गाँजासहित दुई जना पक्राउ

११ भदौ,काठमाडौँ । ४४ किलो गाँजासहित प्रहरीले मकवानपुरबाट दुई जनालाई पक्राउ गरेको छ।

मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार मनहरी गाउँपालिका ५ जयसिंहस्थित खोलाको किनारबाट शुक्रबार बिहान दुई जनालाई गाँजासहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका ५ डिल्लीपुरका २४ वर्षीय रामचन्द्र मोक्तान र २२ वर्षीय अर्जुन लोले छन्।

Leave a Reply

Your email address will not be published.