११ भदौ,काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ११७ वटा नमूना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ ।
यस्तै २,३३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै ७ लाख ८ हजार २३० जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म मुलुकमा ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।