Top News राजनीति

‘कार्ल मार्क्सले पनि आफ्नो पार्टीबाट विद्रोह गरेका थिए’

११ भदौ,काठमाडौँ । सबैलाई जानकारी नै होला, नेपालको कम्युनिष्ट आन्दोलन मात्र होइन विश्वको कम्युनिष्ट आन्दोलनमै पार्टी गठन र पुनर्गठन चलिरहेको छ। कसै–कसैलाई के लागेको हुनसक्छ भने पुरानो पार्टीबाहेक अरु बनाउन सकिँदैन। राजतन्त्र हटाउन पनि सकिँदैन भन्ने लागेको थियो होला। नेपाली जनताको हितका लागि नयाँ यात्रामा जान लागेका छौं। अप्ठाराहरुलाई पन्छाएका छौं। सफलताको शिखरमा पुग्ने बाटो बनाएका छौं।

२०१४ सालपछि पनि विद्रोह गर्नुपर्ने अवस्था थियो। पुष्पलाल श्रेष्ठले विद्रोह गरी अर्को पार्टी गठन गरेर क्रान्तिकारी धार बचाउनुभयो। कम्युनिष्ट पार्टी अहिलेसम्म त्यही धारमा रहेको छ। म र वेदुराम भुसाल पनि त्यही पार्टीमा थियौँ। मदन भण्डारी, जीवराज आश्रित, वामदेव गौतम र मोदनाथ प्रश्रित यही पार्टीमा थिए।

हामीले कम्युनिष्टको एकता केन्द्र जस्तो पार्टी बनाएका थियौं। हामी मुल र संस्थापक नेताले महत्वपूर्ण भूमिका निभाउँदै कोके ९को–अर्डिनेसन केन्द्र० को काम गरेका थियौं। झलनाथ खनालले पनि यसमा काम गर्नुभयो। उहाँ दिल्लीमा उपचाररत रहनु भएको छ। हिजोमात्र हामीले उहाँको सम्बोधन र समर्थन पाएका छौं। उहाँले पार्टीप्रतिको पूर्ण प्रतिबद्धता र विश्वास जाहेर गर्दै केपी ओलीको दक्षिणपन्थीविरुद्ध संर्घषमा लाग्ने भन्नु भएको छ।

वामदेव गौतमले पनि हाम्रो पार्टीलाई उत्साह दिनुभएको छ। केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भास र व्यक्तिवादी अहंकारको रुपमा सुरु गरेपछि, जबजको सवै मूल्य–मान्यता तिलाञ्जली दिएपछि हामीसँग विद्रोहबाहेकको विकल्प नभएकाले यो पार्टी गठन गरेका हौं।

माओवादी केन्द्र पनि विद्रोह गरेरै नयाँ शक्तिको रुपमा उदाएको हो। विश्वमा यस्तै भएको छ। कार्ल मार्क्सले आफ्नै पार्टीवाट विद्रोह गरेका थिए। अवसरवादी हाबी भएपछि पार्टी विघटन गरेर क्रान्तिकारी धार सुरु गरेका थिए। हिम्मत नभएकाहरु यत्तिकै लतारिन्छन्। अरुको पछि लाग्छन्। तर, क्रान्तिकारी चेत भएकाहरु आन्दोलन सृष्टि गर्ने पवित्र उद्देश्य राखेर नयाँ पार्टी निर्माणमा लागेका हुन्छन्। यो पार्टीलाई अब क्रान्तिकारी रुपमा लैजाने हो। हाम्रा देशभरका कार्यकर्तालाई यही रुपमा लैजान चाहेका छौं। जिल्ला र प्रदेशका कार्यकर्ताले केपी ओलीको समूहबाट विद्रोह गर्नुभएको छ। एकीकृत समाजवादीमा समाहित भएको घोषणा गर्न थाल्नु भएको छ। म सबैलाई स्वागत गर्छु।

म सबै वडा तहदेखिका कार्यकर्तालाई आग्रह गर्छु कि, दक्षिणपन्थी भासमा लागेका केपी ओली पक्ष छोडेर आउनुस्। विभाजन हुँदा खुशीयाली मनाउँदै भोज भतेर गर्ने, संसद विघटन गरेर प्रतिगमनको कदम चाल्ने र इतिहासमै बदनाम हुने काम केपी ओलीले गरेका छन्। दक्षिणपन्थी सोचका र पार्टी विघटन गर्ने व्यक्तिको भ्रमबाट मुक्त भएर नयाँ क्रान्तिकारी पार्टीमा आउन म सबैलाई आग्रह गर्दछु।

तपाईंहरु सबैलाई थाहा छ, केपी ओली नवौँ महाधिवेशनबाट निर्वाचित भएका हुन्। केपी ओलीले झिनो मतले जितेको भए पनि आफूलाई सर्वशक्तिमान ठान्नु भयो। पार्टीमा कार्यकर्तालाई भेदभाव गर्नुभयो। आफ्नो प्रशंसा गर्नेलाई च्याप्ने र व्यक्तिप्रतिको समर्पण मात्र केपी ओलीले खोज्नु भयो। पार्टीको जिम्मेवारी चलाउन योग्य छन् कि छैनन् खोज्नु भएन। पार्टी मृतप्रायः भइसक्दा पनि वहाँ ती भक्तिगान गर्नेहरुको झुन्डमा मात्र रमाउनु भयो।

यो सबैले पार्टीभित्र उकुसमुकुस भयो। अनि हामीले नयाँ रुपमा जाने सोच बनाएर राष्ट्रिय कार्यकर्ता भेला गर्दै विगुल फुकेको हो। तर, लामो आन्दोलनमा जादाँ कोही थाक्ने रहेछन्, बीचमै उनीहरु अलग हुने रहेछन्। गएको चैत ४ र ५ गते भएको राष्ट्रिय भेलाको जुन चाहना र भावना हो त्यसलाई आत्मसाथ गरेर देशभर संगठनको सञ्जाल फैलाएका थियो।

प्रदेशदेखि केन्द्रीय कमिटी गठन गर्दै हामी फेरी नयाँ रुपमा आएका छौं। उतिखेरै हामीले पार्टी खोल्ने थियौं। त्यो आवाज पनि आएको थियो। किन हामीले सकेनौं भने जनताबाट निर्वाचित भएका हजारौं कार्यकर्ताबारे सोच्नुपर्ने भयो। जिल्ला, पालिका, नगर हुँदै प्रदेश र संघीय संसदका कार्यकर्ताको भविष्यको चिन्ताले तत्काल अर्कै पार्टी खोल्ने दिशामा अघि बढ्न नसकेको हो। हामीलाई साथ दिएका साथीहरुले अनेक पार्टी दर्ता गर्नु भएको थियो। तर, अहिले परिस्थिति फरक भयो।

अहिले संवैधानिक र कानुनी अनुकूलता भएपछि केपी ओलीको कब्जाबाट उम्कन यो निकास निकालेका हौँ। आन्दोलनको रक्षा गर्नका लागि, आन्दोलन जोगाउन र नयाँ उचाइमा पुर्‍याउने, जनताका समस्या सम्बोधन गर्ने, नयाँ परिस्थिति सिर्जना गर्ने महसुस गरेरै यो कदम चालिएको हो।

हामी पुरानो बाटोमा जादैनौँ। केपी ओलीले बनाएको बाटोभन्दा भिन्न हुने छ। जबजको बाटो आत्मसाथ गरेर अघि बढ्ने छौं। समाजवादको यात्रा कस्तो हुने छ भन्ने यो पार्टीले देखाउने छ।

तत्कालीन समयमा मेरो सहयोद्धा रहेका साथीप्रति केही गुनासो छैन। यात्रा निरन्तर जारी छ। कार्यकर्ताको भावना र जनताको माग के हो भनेर क्रान्तिकारीहरुले बुझ्नुपर्छ। यही चेतका साथ हामी अघि वढेका छौं। हामी पुरानो बाटोमा जादैनौँ। केपी ओलीले बनाएको बाटोभन्दा भिन्न हुने छ। जबजको बाटो आत्मसाथ गरेर अघि बढ्ने छौं। समाजवादको यात्रा कस्तो हुने छ भन्ने यो पार्टीले देखाउने छ।

यो पार्टी कुसंस्कारी र एउटा नेताको प्रशंसामा लागेको भजनमण्डली हुने छैन। कसैको फोटो राख्ने र आरती उतार्ने काम हुने छैन। क्रान्तिकारी आर्दश र उच्च नैतिकताले सु–शोभित पार्टी हुनेछ। यो पार्टीले नयाँ समाजवादको सुरुवात गर्ने छ। २००६ सालमा स्थापना भएको नेकपाको क्रान्तिकारी विरासतलाई लिएर अघि बढ्ने छौं। हामी मार्क्सवाद र लेलिनवादको सिर्जनात्मक प्रयोग गर्ने छौं।

आजसम्म राज्यसत्तामा पुगेपछि शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति देखिएको छ। हामी त्यसबाट जोगिने छौँ। कोही पनि कार्यकर्ता नफसुन् भनेर हामी सचेत हुने छौँ। हामी पनि रुपान्तरण हुने छौँ र जनतलाई पनि रुपान्तरण गर्नेछौँ। युवाशक्तिलाई विशेष ध्यान दिने छौँ। उनीहरुको भूमिका महत्वपुर्ण छ। युवाहरुलाई सक्षम बनाउन केन्द्रित हुनेछौँ।

हामी पञ्चशीलको सिद्धान्त पालना गर्नेछौँ। हाम्रा कोही शत्रु हुने छैनन्। सबै मित्र राष्ट्रसँग सुमधुर सम्बन्ध राख्ने छौँ। हाम्रो आन्तरिक मामिलामा हात नहालुन् भन्ने चाहन्छौँ। देशभक्तिको भावनालाई सम्मान गर्दै नेपाललाई सुन्दर र शान्त बनाउन सक्छौँ। सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना साकार बन्ने गरी अघि बढ्ने छौँ।

हामी छिटै राष्ट्रिय सम्मेलन गर्ने छौँ। त्यहाँबाट नयाँ पदाधिकारी निर्वाचित गरेर जिम्मेवारी दिनेछौँ। हामी सबै वामपन्थीसँग सहकार्य गर्नेछौँ। सत्ता गठवन्धन र सत्ताबाहिर रहेका वामपन्थी र लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने छौँ। जनताका समस्या समाधान गर्न सबैले रचनात्मक र सिर्जनात्मक भूमिका निर्वाह गर्न सकुन् भन्ने कुरा ध्यानमा राखेर काम गर्नेछौँ।

नेकपा (एकीकृत समाजवादी) ले गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष नेपालले राखेको विचारको मुख्य अंश । नेपाल लाइभ

Leave a Reply

Your email address will not be published. Required fields are marked *