Top News पालिका खबर

कैलालीमा स्यानिटाइजर पिएका १ युवकको मृत्यु

१२ भदौ,काठमाडौं । कैलालीमा स्यानिटाइजर पिएका एक जनाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका १२ का ३८ वर्षीय टीकाराम बराइलीको उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुुसार सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुुक्रबार जुुगेडामै स्थानीय मेडिकलमा पुुगेका थिए ।

‘स्यानिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुक्रवार जुगेडामै स्थानीय मेडिकलमा पुगेका थिए’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले भने, ‘सामान्य उपचारपछि घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।’

तर उनले सेनिटाइजर किन पिए भन्ने कुरा नखुुलेको प्रहरीले बताइएको छ ।

Leave a Reply

Your email address will not be published.