१२ भदौ,काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बसिरहेको छ। नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल जारी छ ।
छलफलमा जिल्ला सभापतिहरुका तर्फबाट नुवाकोटका कांग्रेस जिल्ला सभापति जगदीशनरसिंह केसी, काठमाडौंका कांग्रेस सभापति सबुज बानियाँ, धादिङका कांग्रेस सभापति रमेश धमलालगायत छन्।
त्यसैगरी कांग्रेस नेताहरु सिंहसँगै डा प्रकाशशरण महत, डा मिनन्द्र रिजाल, दिलेन्द्र बडुलगायत छलफलमा छन्।