१२ भदौ,काठमाडौं ।नेपाली कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने भएको छ।
सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशिल सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता प्रकाशमान सिंहले जानकारी दिएका छन् ।
देशभरका ६ हजार सात सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले बैठकपछि जानकारी दिएका छन् ।