Top News स्वास्थ्य

थप १ हजार ८५७ जनामा कोरोना संक्रमण, २७ को मृत्यु

१२ भदौ,काठमाडौं । नेपालमा थप एक हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १७६ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा एक हजार ८५७ जनाको नतिजा पोजिटिभ आएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २७ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार २२२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या सात लाख १० हजार ४५२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको छ ।

Leave a Reply

Your email address will not be published.