पालिका खबर सम–सामयिक

अवैध लागूऔषध सहित पक्राउ

१२ भदौ,काठमाडौं । कास्की, पोखरा महानगरपालिका ३० पावरहाउसस्थित सडकबाट करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका २६ बुढीबजार बस्ने १८ वर्षीय किशोर लगायत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखरातर्फ जादैँ गरेको ग.१ ख ४२१४ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार उनीहरुलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल र डाइजेपाम १ सय एम्पुल सहित नवलपरासी (पश्चिम) बंजरिया गाउँपालिका(१ बस्ने ४० वर्षीय अनिल भर चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ना.८ प ५८९३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बर्दिया, राजापुर नगरपालिका(४ राजापुर बजार बस्ने ३१ वर्षीय अलीम अन्सारीलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ सय ७० ट्याब्लेट, स्पास्मो २ सय ६४ ट्याब्लेट र अल्परासाफी ४ सय २० ट्याब्लेट सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले अन्सारीको सोही ठाउँस्थित अन्सारी बिर्यानी एण्ड कफी पसल तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.