Top News स्वास्थ्य

तपाईंको मास्क खोई ? कार्यक्रम अन्तर्गत ६ हजार ५ सय ९९ जनालाई निःशुल्क

१२ भदौ,काठमाडौं । कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा
संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ९९
जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि
हालसम्म जम्मा १० लाख ४७ हजार ८२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना
हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त
रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने
नारा सहित ‘तपाईंको मास्क खै ? लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै
रुपमा सञ्चालन गरिरहेको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको
निषेधाज्ञा उल्लंघन गर्ने ८० जनालाई ८ हजार रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा
स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १ सय ९० जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै
देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ९७ वटा सचेतनामूलक कार्यक्रम
अन्तर्गत ७ हजार ८ सय ४ जनालाई सचेत गराइएको छ ।

Leave a Reply

Your email address will not be published.