Top News राजनीति

निर्धारित मितिमै महाधिवेशन हुने पक्का भयो : प्रदीप पौडेल

१२ भदौ,काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्धारित मितिमै महाधिवेशन हुने पक्का भएको बताएका छन् । कांग्रेसको क्रियाशील छानबिन समितिका प्रवक्तासमेत रहेका पौडेलले भदौ १८ मा वडा अधिवेशन हुने गरी महाधिवेशनको प्रक्रिया अगाडि बढेको बताएका छन् ।

४७ जिल्लाका क्रियाशील सदस्यको सूची तयार भएर खामबन्दी भइसकेको र बाँकी जिल्लाको विवाद पनि क्रमिक रूपमा सुल्झाउँदै लगिने बताए । विवाद समाधान भएका जिल्लाहरुमा निर्वाचन प्रतिनिधि पनि खटाइसकिएकाले महाधिवेशन समयमै हुनेमा आशंका नरहेको उनको भनाइ छ ।

यसअघि शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच तोकिएकै समयमा महाधिवेशन सम्पन्न गर्ने विषयमा छलफल भएको थियो । उनीहरुबीचको सहमतिपछि कांग्रेस जिल्ला सभापतिहरुको अनशन पनि शनिबारबाट तोडिएको छ । फरकधार

Leave a Reply

Your email address will not be published.