१३ भदौ,काठमाडौँ । भारतमा थप ४५ हजार ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा संक्रमितको संख्या ३ करोड २६ लाख ९४ हजार १८८ पुगेको छ ।
यस्तै त्यहाँ थप ४५७ संक्रमितको मृत्यु भएको छ । योसँगैे मृत्यु हुनेको संख्या ४ लाख ३७ हजार ८६० पुगेको छ ।
हाल भारतमा ३ लाख ७५ हजार २०० जना संक्रिय संक्रमित छन् ।