१३ भदौ,काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन निरन्तर पानी परिरहने जानकारी दिएको छ ।
आज पनि देशैभर बदली प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।
वर्षाका कारण तराईका विभिन्न साना ठूला खोला तथा नदीमा बाढीको सम्भावना तथा पहाडी भूभागमा भूक्षय र पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन महाशाखाले सूचित गरेको छ ।