१३ भदौ,काठमाडौँ । पाल्पामा घर भत्किँदा एक बालिकाको ज्यान गएको छ ।
अविरल वर्षाका कारण घरको गारो भत्किँदा आज बिहान तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार बिहान ४ बजेतिर एक्कासी घर भत्किँदा गम्भीर घाइते भएकी नैनालाई उपचारका लागि युनाइटेड मिसन अस्पताल पुर्याइए पनि डाक्टरले मृत घोषित गरेका थिए ।