Top News खेलकुद

प्रिमियर लिगमा चेल्सीद्वारा लिभरपुल घरेलु मैदानमै रोकियो

१३ भदौ,काठमाडौँ । इंलिस प्रिमियर लिग फुटबलमा शनिबार चेल्सी र लिभरपुलले एक एक गोलको बराबरी खेलेको छ ।

लिभरपुलको घरेलु मैदान एन्फिल्डमा खेलिएको खेलमा १० खेलाडीमा सीमित चेल्सीले लिभरपुललाई बराबरीमा रोक्न सफल भएको हो।

२२ औं मिनेटमा चेल्सीका फरवार्ड काई हाभर्जले शानदार हेडर गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर, पहिलो हाफको इन्जुरी समयमा चेल्सीका रिस जेम्स रातो कार्ड खाँदै बाहिरिए ।

लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाहले पेनाल्टी मार्फत गोल गर्दै घरेलु टोलीलाई बराबरीमा पुर्याएका थिए।

दोस्रो हाफमा लिभरपुलले निकै नै आक्रामक खेल प्रस्तुत गरे पनि निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले निर्णायक गोल गर्न नसक्दा खेल बराबरीमा अन्त्य भएको हो।

मियर लिगमा तेस्रो खेलसम्म चेल्सी र लिभरपुल दुबै अपराजित छन् । उनीहरु दुबैले सुरुवाती दुई खेल जितेका थिए ।

Leave a Reply

Your email address will not be published.