Featured Slider Top News अन्तर्राष्ट्रिय

काबुल विमानस्थलमा फेरि आक्रमण हुनसक्ने बाइडेनको चेतावनी

१३ भदौ,काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा आतंकवादीले थप आक्रमण गर्न सक्ने चेतावनी चेतावनी दिएका छन्।

अफगानिस्तानमा रहेका आफ्ना सैन्य कमान्डहरुले आक्रमणको सम्भावना रहेको जानकारी दिएको राष्ट्रपति बाइडेनले बताएका हुन्। यसअघि भएको आक्रमणमा १३ जना अमेरिकी सैनिकसँग एक सय ७० जनाको मृत्यु भएको थियो।

सो आक्रमणको जिम्मा इस्लामिक स्टेट–के (आइएस–के) ले लिएको थियो। जवाफमा अमेरिकाले शुक्रबार अबेर अफगानिस्तानको पूर्वी क्षेत्रमा ड्रोन आक्रमण गरेको थियो।​ खोरसान प्रान्तमा आइएस–के अखडालाई निशाना बनाइएको आक्रमणमा सो समूहका दुई उच्च सदस्य मारिएको अमेरिकाले बताएको छ।

त्यसको बदला लिन फेरि काबुल विमानस्थलमा आक्रमण हुने आशंका गरिएको हो।

अहिले अफगानिस्तानमा क्रियाशील समूहमध्ये आइएस–के सबैभन्दा बलियो,अतिवादी र हिंस्रक मानिएको छ।

Leave a Reply

Your email address will not be published.