Top News यातायात

पहिरोका कारण नागढुंगा नौबिसे सडक अवरुद्ध

१३ भदौ,काठमाडौँ । पहिरो कारण नागढुंगा नौबिसे सडक अवरुद्ध भएको छ।

त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे राजमार्ग अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं २ चिसापानीमा गएको पहिरोले राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको हो ।

अविरल वर्षाको कारण गएको पहिरोले राजमार्ग अवरुद्ध भएको र ठूलो पहिरोसँगै आएको ठूलो रुख पन्छाउन समय लाग्ने र पहिरो पन्छाउनका लागि सुरुङ मार्गको डोजर बोलाएको थानकोट नागढुङ्गा प्रहरी चेकपोस्टका प्रहरी निरीक्षक त्रिभुवन थापाले बताए।

Leave a Reply

Your email address will not be published.