Featured Slider Top News अर्थ

आइतवार सेयर बजारमा उच्च अंकको गिरावट

१३ भदौ,काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार बजार परिसूचक (नेप्से) ४९.१८ अंकले ओरालो लागेर ३०४४.८७ अंकमा झरेको छ।

आइतबार कारोबार सुरु भएको केही समय बढेको नेप्से कारोबार बन्द हुँदासम्म लगातार घट्यो । आइतबार सेन्सेटिभ परिसूचक ८.५७ अंकले घटेको छ ।

२८ कम्पनीको सेयर उकालो लागेको आइतबार १५७ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। एउटा कम्पनीको सेयर मूल्य भने परिवर्तन भएको छैन।

कारोबार सुरु भएदेखि लगातार सकरात्मक सर्किट लाग्दै आएको जीवन लघुबित्तको शेयर आइतबार घटेको छ । विहीबार ५१९८ मा कारोबार रोकिएको जीवनको शेयर मूल्य आइतबार ५०७१ मा झरेको छ ।

विश्लेषकहरुका अनुसार बजार स्वभाविक करेक्सनमा गएको हो । नेप्से ३२ सय विन्दुभन्दा माथि गएपछि कारोबारीले नाफा बुक गरेका हुन् । भाउ उच्च्तम विन्दुमा पुगेका बेला नाफा बुक गर्नेहरु सक्रिय हुन्छन् । यसबाट बजार केही करेक्सन हुनु स्वभाविक नै हो ।

Leave a Reply

Your email address will not be published.