Featured Slider Top News राजनीति

मन्त्रिपरिषद विस्तार अब छिट्टै हुन्छः माधव नेपाल

१३ भदौ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।

आज नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा भएको उक्त पार्टीको संसदीय दलको बैठकपछि उनले विभिन्न पार्टीको आन्तरिक कारणले विस्तारमा ढिलाइ भइरहेको बताए ।

‘विस्तार किन रोकिएको भन्ने बारेमा भनिरहनु परेन। विभिन्न पार्टीहरु भित्र छलफल, परामर्श, चलिराछ। सबै आन्तरिक रुपमा पनि कतिपय कामहरुमा जुट्नु भएको छ। कसैको महाधिवेशन छ । कोही पार्टी निर्माणको क्रममा जुट्नुभएको छ। कोही पार्टी बिस्तारको क्रममा जुट्नुभएको छ। यो सबै कारणले गर्दा स्थिति बनेको हो । अब छिट्टै यसको पनि निराकरण हुनेछ । अब छिटो भन्दा छिटो हुन्छ,’ नेता नेपालले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *