Top News खेलकुद

खेतिपाती लिगमा मेस्सीले आजदेखि गोडमेल थाल्ने

१३ भदौ,काठमाडौँ । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले आज फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट डेब्यु खेल खेल्ने भएका छन् । फ्रेन्च लिग वानमा आइतबार राति पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रासको सामना गर्दैछ ।

रासको रंगशालमा हुने खेलका लागि पीएसजीले आफ्नो टिमको घोषणा गरेको छ । जसमा २२ खेलाडी सम्मिलित छन् । मेस्सी पनि टिममा परेका छन् । गत अगस्ट १० बाट पीएसजीसँग आबद्ध भएका मेस्सीले नयाँ लिगमा खेल्न बाँकी नै छ ।

खेल, नेपाली समयअनुसार १२ः३० मा हुनेछ । प्रशिक्षक माउरिसियो पोचेटिनोले मेस्सी पहिलो पटक पीएसजीको टोलीमा हुने पक्का गरेका छन् । तर उनी सुरुवातबाट खेल्छन् वा बेन्चमा रहन्छन् भन्ने टुङ्गो भएकोे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *