१३ भदौ,काठमाडौँ । आइतबार थप १३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २९७ जनाको परीक्षण गर्दा १३ सय ८८ जनामा संक्रमण देखिएको हो।
पछिल्लो २४ घन्टामा कोरोना भाइरस कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणका कारण १० हजार ७१४ जनाको मृत्यु भइसकेको छ।
यस्तै, २ हजार २६० जना संक्रमण मुक्त भएका छन्। यससँगै सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ७९६ पुगेको छ।