Top News खेलकुद

म्यानचेष्टर युनाइटेडको साँघुरो जित

१४ भदौ, काठमाडौं । मेसन ग्रिनउडको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार उल्भ्सलाई १–० ले हराएको छ ।

वल्भ्सले घरेलु मैदानमा युनाइटेडलाई ८० मिनेटसम्म गोलरहित बराबरीमा रोके पनि ८१ मिनेटमा ग्रीनउडले निर्णायक गोल गरे ।

यो जितपछि युनाइटेड तीन खेलबाट सात अंक सहित अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ । उल्भ्स भने लगातार तीन हारपछि अंकविहीन छ ।

Leave a Reply

Your email address will not be published.