१४ भदौ,काठमाडौँ । धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
धादिङको गजुरी गाउँपालिका वडा नं ५ बञ्चरेमा रुख ढलेर छिनेको तार बनाउने क्रममा स्याङ्जाका २७ वर्षीय विमल परियार र पोखरा महानगरपालिकाका २४ वर्षीय उमाकान्त बरालको करेन्ट लागेको मृत्यु भएको प्रहरीले जनाएको छ ।