Featured Slider Top News राजनीति

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पेरिसडाँडामा

१४ भदौ,काठमाडौं। नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकपेरिसडाँडामा बसेको छ ।

सोमबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका शीर्ष नेताहरुबीच मन्त्रपिरिषद् विस्तारका लागि छलफल भएको थियो ।

यी विविध विषय लगायत समसामयिक राजनीतिक विषयमा छलफलका लागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका थिए ।

आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकमा भने मन्त्रीपरिषद्लाई छिटोभन्दा छिटो पूर्णता दिने विषयमा र सरकारको गतिविधि अगाडि बढाउने विषयमा निर्णय भएपनि व्यक्तिगत कुनै विषयमा निर्णय हुन नसकेको पनि गुरुङले बताए । बैठकमा मन्त्रीपरिषद् विस्तार लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.