१४ भदौ,काठमाडौं। सोमबार देशभर दुई हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २३३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा दुई हजार २९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ७३० पुगेको छ।
सोही अवधिमा देशभर एक हजार ८०८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । यससँगै अहिलेसम्म नेपालमा ७ लाख १४ हजार ५ सय २० जना निको भएका छन्।