१४ भदौ,काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ले माओवादी फेरि एक नम्बर पार्टी नभइ देश नबन्ने बताएका छन् ।
काठमाडौंको जोरपाटीमा सर्लाही काठमाडौं समन्वय समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘माओवादी एक नम्बरको पार्टी नभएसम्म राजनीतिक स्थायित्व हुँदैन। देशको समृद्धि, विकास र स्थायित्व हुँदैन। पछिल्लो एक दशकले त्यो पुष्टि गरिसक्यो।’
उनले भने, ‘दलाल,जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ,‘मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउनेछ । यसले मधेस र देशमा पनि बलियो सन्देश जानेछ।’