Top News खेलकुद

नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम नेपालमा

१४ भदौ,काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमसँग दुई वटा मैत्रीपूर्ण खेलका लागि भारतीय टिम काठमाडौं आइपुगेको छ ।

भारतीय टोलीलाई त्रिभुवन बिमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरेका थिए । भदौ १७ र २० गते हुने प्रतियोगिताका लागि भारतीय टिम काठमाडौं आइपुगेको हो ।

भारतीय टिमका कप्तान सुनिल क्षेत्रीले नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि आफू उत्साहित भएका बताएका थिए ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसीपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

Leave a Reply

Your email address will not be published.