Featured Slider Top News राजनीति

बाग्मतीका १२ र सुदूरपश्चिमका १३ जना एमाले सांसद माधव नेपालको पार्टीतिर

१६ भदौ,काठमाडौँ । नेकपा एमालेबाट निर्वाचित बाग्मती प्रदेशका १२ जना सुदूरपश्चिम प्रदेश सभाका १० जना र लुम्बिनीमा एकजना सांसद नवगठित नेकपा एकीकृत समाजवादीमा लागेका छन् ।

बाग्मती प्रदेशबाट नेकपा (एकीकृत समाजवादी) तिर लाग्ने सांसदहरु राजेन्द्र पाण्डे, वसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, पार्वती सिलवाल, माधव पौडेल, मुनु सिग्देल, वसन्त मानन्धर, राजेन्द्रमान श्रेष्ठ, इन्द्रमाया गुरुङ, रमा आले मगर, सामाजिक विकास मन्त्री कृष्ण खनाल र कुसुमकुमार कार्की रहेका छन् ।

त्यस्तै सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसदहरु दीर्घ सोडारी, बलबहादुर सोडारी,पूर्णा जोशी, लालबहादुर खड्का,मना साउद, तारा लामा तामाङ,अर्चना गहतराज,अमरबहादुर साउद, चुनकुमारी चौधरी,दुर्गा कामी, कुलवीर चौधरी,सुशीला बुढाथोकी र माया भट्ट एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा खुलेका हुन् ।

Leave a Reply

Your email address will not be published.