Top News स्वास्थ्य

थप २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि,२० को मृत्यु

१६ भदौ,काठमाडौँ । बितेको २४ घण्टामा देशभर २ हजार ५२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १४ हजार ९३५ जनामा कोरोना परीक्षण गरिएको थियो ।

यस्तै बितेको २४ घण्टामा २० जनाले ज्यान गुमाएको समेत मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७७० जना पुगेको छ ।

सोही अवधीमा ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published.