Featured Slider Top News अर्थ

बुधबार झिनो अंकले बढ्यो नेप्से

१६ भदौ,काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से १.१८ अंकले बढेको छ । नेप्से परिसूचक ०.०४ प्रतिशतले बढेर २९७७.०२ बिन्दुमा पुगेको छ ।यस्तै, सेन्सेटिभ परिसूचक ०.१७ अंकले बढेर ५५०.६९ विन्दुमा पुगेको छ ।

कूल २२६ वटा कम्पनीको एक करोड ७१ लाख ८२ हजार ८ सय ७१ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बुधबार रूरू जलविद्युत परियोजना कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ७.५५ प्रतिशतले बढेर एक हजार ४ सय ४८ रूपैयाँ पुगेको छ ।

यस्तै सनराइज फर्स्ट म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published.