१७ भदौ,काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर ९आईपीओ० नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएसँगै विहीबार कारोबार सुरु भएको छ ।
कम्पनीको सेयर प्रतिकित्ता ३०९ रुपैयाँमा पहिलो करोबार भएको छ । यो मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पहिलो कारोबारको लागि तोकेको अधिकतम मूल्य हो ।
३०९ रुपैयाँमा कारोबार खुलेको सानिमाको शेयर मूल्य कारोबार सुरु भएको आधा घण्टामै १० प्रतिशतले बढेको छ । १० प्रतिशतले मूल्य बढेपछि सकरात्मक सर्किट लागेको छ । विहीबार सानिमाको शेयर मूल्य ३३९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा हिजो बुधबार यो कम्पनीको २ करोड कित्ता सेयर सूचीकृत भएको थियो।