Top News स्वास्थ्य

थप २ हजार बढीमा संक्रमण पुष्टि, १६ जनाको मृत्यु

१७ भदौ,काठमाडौँ । नेपालमा थप २००४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल १६१९ र एन्टीजेन परिक्षणबाट ३८५ गरि कुल २००४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

बितेको २४ घण्टामा १६ जनाले ज्यान गुमाएको समेत स्पास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ७८६ जना पुगेको छ ।

त्यस्तै, १ हजार ८४६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३३ हजार ९४६ पुगेका छन् ।

Leave a Reply

Your email address will not be published.