१७ भदौ,काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाललाई उनकै निवास डल्लु पुगेर भेटेका छन्।
देउवाले टुवीट गर्दै खनालसँग निवासमा भएको भेटबारे जानकारी दिएका हुन् ।
भारतको राजधानी नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेर फर्किएका खनालको स्वास्थ्य अवस्था बुझ्न देउवा डल्लु पुगेका हुन्।
दुई नेताबीच खनालको स्वास्थ्य अवस्था र पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि कुराकानी भएको बुझिएको छ ।